संयुक्त राष्ट्रसङ्घको शासन - United Nation's Governance

Leave a Comment
[This content is prepared to boost the knowledge of Loksewa examinees]

संयुक्त राष्ट्रसङ्घ global parent/guardian/government/platform/forum को रुपमा रहेको छ 
यसले विश्वव्यापी मूल्य मान्यता तोड्ने राष्ट्रलाई कारवाही गर्छ   
संयुक्त राष्ट्रसङ्घको बडापत्र सबैले पालना गर्नु अनिवार्य छ   
यसले discussion board मार्फत् सबै देशका मानिसहरुलाई भेला भएर बोल्न पाउने, कमजोर देशहरुलाई आफ्ना agenda प्रस्तुत गर्न platform प्रदान गर्छ 

संयुक्त राष्ट्रसङ्घले कसरी शासन गर्छ ?

·         विश्वव्यापी शान्ति र सुरक्षा:

संयुक्त राष्ट्रसङ्घको उदेश्य नै विश्व शान्ति कायम गर्ने, शक्ति राष्ट्रलाई समेत control मा राख्ने, निशस्त्रीकरणको नीति, कुनै एक देशको अर्को देशमा आक्रमण विरुद्द बहुराष्ट्रिय सेना खटाउने, कमजोर राष्ट्रको protection गर्ने, peace making, peace keeping  र peace building मार्फत् कुनै देशभित्रको हिँसा settlement गर्ने I
[peace making भनेको peace ल्याउन युद्द गर्न जाने हो I peace keeping भनेको negotiation मार्फत् शान्ति स्थापना हो I peace building को लागि UN ले political mission खटाउँछ I जस्तै: UNMIN नेपालमा peace building को लागि आएको थियो I]

·        सदस्य देशको आर्थिक विकास:

World Bank को माध्यमबाट देशहरुलाई सहयोग, long term को लागि soft loan प्रदान, समय समयमा loan पनि मिनाहा, grand प्रदान गर्ने, अप्रतक्ष्य सहयोग
·    [सन् १९७६ को धनी देशले आफ्नो GDP को ०.७% गरिब देशलाई सहयोग गर्नुपर्ने नीतिले सदस्य देशको आर्थिक विकासमा UN को तत्परता दर्शाउँछ I]

·         सदस्य देशको सामाजिक विकास:

शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण आदि क्षेत्रमा UNEP, UNDP, UNICEF आदिको माध्यमबाट सहयोग उपलब्ध गराउने, capacity building र inclusiveness promote गर्ने

·         मानव अधिकार प्रवर्धन:

हरेक नागरिक स्वतन्त्र होउन् भन्ने मान्यता, मानव अधिकारसम्बन्धि घोषणा पत्र जारी

·         समसामयिक विषय (concurrent issues):

current issues मा action लिने, समस्यालाई eradicate गर्ने I जस्तै: सन् २०१४ मा Ebola विरुद्धको खोप कार्यक्रम, climate change मा action, सन् २००५ मा AIDS विरुद्ध action आदि I

[नेपालले संयुक्त राष्ट्रसङ्घमा ०.०६ % contribution गर्छ I UN मा development justice रहेको छ यसैले competent, impartial UN को सदैव जरूरी छ I]

🙏 Loksewa for All 🙏
If You Enjoyed This, Take 5 Seconds To Share It

0 comments:

Post a Comment