अनौपचारिक शासन - Informal Governance

Leave a Comment
अनौपचारिक शासन (Informal Governance)
-        शासनमा प्रतक्ष्य भूमिका नखेल्ने तर अप्रतक्ष्य रुपमा शासनमा परिने प्रभाव र दबावलाई अनौपचारिक शासन भनिन्छ I अर्को शब्दमा यसलाई governance from invisible hands / beyond the screen पनि भनिन्छ I

-        नेपालको सन्दर्भमा UN agencies, World Bank, donor agencies (चीन र भारतका बाहेक) आदिलाई अनौपचारिक शासनका तत्वहरुको रुपमा लिन सकिन्छ I अनौपचारिक शासनमा decision सरकारले गर्छ तर agenda अरुको हुन्छ I यसका केही उदाहरणहरु निम्न छन्:
> सन् १९९८ मा नेपालमा VAT लागु गर्ने शिलसिलामा UN र IMF ले document तयार गरेका
> सन् २००८ मा World Bank ले KUKL (काठमाण्डु उपत्यका खानेपानी लिमिटेड) स्थापना गर्नुपर्छ भन्यो र त्यसै अनुरुप गठन पनि गरियो I
> विसं २०६३ मा जारी सार्वजनिक खरिद ऐन WB र IMF द्वारा design गरिएको थियो I
> WHO ले वितरण गर्ने timeframe सहित जुकाको औषधी र पोलियो थोपा पठाउँछ I
> UN र UNDP ले PRSP लागु गर्नुपर्छ भने र त्यसै अनुरुप योजनाहरु बन्न थाले I PRSP गरिबी निवारणको दायराभित्र सबै कार्यक्रमहरु design गर्नुपर्छ भन्ने मान्यता हो I
-        Donor driven programs ले पनि अनौपचारिक शासन गरिरहेका हुन्छन् I यस्ता कार्यक्रम लागु गर्दा २५% donor हरुकै consultants राख्नुपर्ने, २५% वस्तुगत सहायता उनीहरुकै स्थानबाट ल्याउनुपर्ने र ५०% भन्दा कम मात्र देशमा खर्च हुने स्थिती छ I जस्तै: Transparency Intl., Emensty Intl. आदि
-        Diplomatic Missions ले विशेषत: frazile/transition period मा अनौपचारिक शासनमा बढी भूमिका देखाउँछन् I
-        Social Media पनि पछिल्लो समयमा अनौपचारिक शासनमा प्रभाव पार्ने तत्व हो I यिनिहरुले शासनकर्तालाई feedback resource को रुपमा कार्य गर्दछन् I
-        अनौपचारिक शासनको सकारात्मक तथा नकारात्मक दुवै किसिमको असर हुन्छ I अनौपचारिक शासनले सरकार कमजोर बन्छ, आफ्नो policy बनाउन पाउँदैन, वैचारिक साम्राज्य हावी हुन्छ र dependency syndrome देखा पर्छ I
-        अनौपचारिक शासनलाई कम गर्न self dependance व्रिद्दी गर्नुपर्छ, outer interference घटाउनुपर्छ र देशलाई सम्वृद्ध बनाउँदै लैजानुपर्छ I
If You Enjoyed This, Take 5 Seconds To Share It

0 comments:

Post a Comment